नेपाली बजारमा अर्काे इन्टरनेट सेवा प्रदायककाे प्रवेश, आधा सस्तोमा उपलव्ध गराउने उदघाेष

इन्भेष्टोपेपर । जेष्ठ १९, २०७

नेपाली बजारमा अर्काे इन्टरनेट सेवा प्रदायकले प्रवेश गरेकाे छ । सीजी कम्युनिकेसन्सले मंगलवारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा शुरु गरेको हाे ।

उपभोक्ताले नेपाली बजारमा  उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले बताएको छ । उच्चगतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

कम्पनीले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउने पनि बताएको छ । उपभोक्ता केन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा नयाँअनुभव गराउने विश्वास पनि कम्पनीले लिएको छ । 

‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवा प्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने तयारी गरिरहेको बताएको छ ।

भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रमहोम’, अनलाईन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्वबजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको पनि कम्पनीले बताएको छ ।

शुरुवाती समयमा उक्त सेवा काठमाडौं उपत्यकाका तीन ओटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालकालागि भने जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले उक्त सेवा लिन सक्ने बताइएको छ । 

एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । कम्पनीका प्रबन्धनिर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदानगर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवाप्रारम्भ गरिएको बताउनु भयाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *