आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि विक्रीमा

न्भेष्टाेपेपर । असार २१, २०८०

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणकाे लागि प्रिमियम मूल्य सहितको आईपीओ निष्कासन गरेको छ ।  

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री गर्न लागेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने जानकारी दिएको छ ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको १२ लाख कित्ता आईपीओ बाँडफाँट गरिसकेकाे छ भने सर्वसाधारणकाे लागि जारी भएकाे याे आईपीओ असार २५ गतेसम्म खरीद गर्न सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म विक्री लम्बिनेछ ।

जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, कर्मचारीहरूलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता छुट्याइ बाँकी ९६ लाख कित्ता आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याइएको हो ।

सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *