प्रतिनिधि सभा बैठकमा, प्रन्या जबराविरुद्धको महाअभियोगबारे छलफल हुने

इन्भेष्टाेपेपर ।  साउन २२ २०७९

काठमाण्डाैँ । दर्ता भएको साढे ६ महिनापछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाअभियोगबारे छलफल हुने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा २०७८ साल फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवम् प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ ।

बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची पनि समावेश छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *