ज्योति विकास बैंकको धुलाबारी र अत्तरिया शाखा उद्घाटन
इन्भेष्टाेपेपर । असार २८, २०७९
काठमाण्डाैँ । ज्योति विकास बैंकले असार २७ गते सोमबार धुलाबारी र अत्तरियामा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।बैंकिङ्ग पहुंच थप विस्तारगर्दै आफ्ना सेवाहरू सहजरूपमा ग्राहकसमक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो।
मेचीनगर नगरपालिका वडानं. १०, धुलाबारी शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापकशेयर धनी ध्रुबकुमार उप्रेती र बैंककाअध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गर्नुभएको थियो।
साथै, गोदावरी नगरपालिका वडानं .२, कैलालीस्थित अत्तरिया शाखाको समुद्घाटन गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्ट र बैंकका संस्थापक शेयर धनी तथा साबिक राप्ती भेरी विकास बैंकका अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्तरुपमा गर्नुभएको थियो।
उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
