कोरोना संक्रमितकाे संख्यामा बृद्धी : २४ घण्टामा थपिए ४९०४ जना
इन्भेष्टोपेपर । श्रावण २६, २०७८
काठमाडौं । कोरोना संक्रमितकाे संख्यामा बृद्धी हुँदै गएकाे छ । पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३१९४ जना र एन्टिजन परिक्षण गर्दा १७१० जना गरि जम्मा ४९०४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २११५ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ रहेको छ । यससंगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।
