गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव
इन्भेष्टोपेपर । श्रावण २६, २०७८
काठमाण्डाैँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन् ।
बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।
