नेपाल वायुसेवा निगमलाई पोखरा जान निर्देश

न्भेष्टाेपेपर । कात्तिक २९, २०८१

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा नियम (नेपाल एयरलाइन्स) लाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पनि अन्तरराष्ट्रिय उडान गर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलवार निगमलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान संख्या घटेको अवस्थामा देशको बढ्दो उड्डयन आवश्यकता पूरा गर्नु राष्ट्रिय ध्वजावाहकको नाताले नेपाल एयरलाइन्सको कर्तव्य भएको सम्झाउँदै पोखरा विमानस्थलमा समेत नियमित उडान सञ्चालन गर्ने गरी अन्तरराष्ट्रियतर्फको हिउँदे उडान तालिका ढिलो नगरी पेश गर्न भनेको छ ।

‘पोखराको महत्त्वलाई ध्यानमा राख्दै प्रमुख शहरहरूलाई जोड्न र नेपाली तथा विदेशीलाई निर्वाध यात्राको सुविधा दिन नेपाल वायुसेवा निगमले आफ्नो राष्ट्रिय कर्तव्यको रूपमा उक्त विमानस्थलमा नियमित उडान सञ्चालन गर्नु आवश्यक छ भन्ने हाम्रो विश्वास हो,’ प्राधिकरणको पत्रमा भनिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *