आइएमई जनरल इन्स्योरेन्स र पिक मी बीच बीमा सम्बन्धि सम्झौता

इन्भेष्टोपेपर । कार्तिक २३, २०७८

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी (Pick Me) बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात पिक मी का चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहक महानुभावहरुको रु. १,००,०००।- (अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मी का अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पिक मी का चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पिक मी ग्राहकले ride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्ले स्टाेर तथा एप स्टाेर बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *