एनआईबीएल एस क्यापिटलको आयोजनामा वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम
इन्भेष्टोपेपर । पुष २४, २०७८
काठमाण्डाैँ । एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सचांलन भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुष २३ गते प्रदेश नं २ काे वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हाे ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको थियाे ।
यस कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्रदान गर्नुभएको छ । यस अघि यस्तै अन्तर्क्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो ।
