ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न

इन्भेष्टोपेपर । पुष २४, २०७८

काठमाण्डाैँ । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा मिति पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था समेत गरिएको थियो ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ११ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ४.२६ अर्ब पुगेको छ।

साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमश: माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गर्नुभएको थियो। यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *