चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ

न्भेष्टाेपेपर । माघ ३, २०८१

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्‍यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताउनुभएको हो । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको छ ।

यात्रुवाहक सवारी साधन  विद्युतीयमा वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएकोले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्‍यालीले अभियानलाई ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो । 

पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको तथ्याङ्क छ । विद्युतीय सवारी साधनको प्रोमोसन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने यसको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको घिसिङले उल्लेख गर्नुभयो ।

घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरू मुलुकभर बनाउन जरुरी रहेको बताउनुभयो । सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सयभन्दा बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गर्नुभयो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *