सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ८ जनाले पाए ११ कित्ता
इन्भेष्टाेपेपर । वैशाख १५, २०७९
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ ।
प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीवार बिहान नक्सालस्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो ।
गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले ८ जना भाग्यमानी आवेदकहरुले ११ कित्ता प्राप्त गरेका छन् ।
शेयर परे नपरेकाे चेकगर्न याे लिंकमा क्लिक गर्नुहाेस – iporesult.cdsc.com.np
