नेपाल एग्रो लघुवित्तको आईपीओ आउदै, १० देखि ८०० कित्तासम्म आवदेन दिन पाइने
Investopaper, चैत्र २८, २०७५
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले यही बैशाख ८ गते देखि सर्वसाधारणकाे लागि १ लाख ५१ हजार २ सय कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
यो वित्तीय संस्थाले १ लाख ६१ हजार कित्ता आईपीओमध्ये कर्मचारीका लागि २४ सय ८९ कित्ता र सामूहिक लगानी कोषका लागि ८ हजार ८९ कित्ता छुट्याएर बाँकी सर्वसाधारणका लागि आइपीओ निकालेको हो ।
यो वित्तीय संस्थाले एक सय रुपैयाँ दरको आईपीओमा न्युनतम १० देखि अधिकतम ८ सय कित्तासम्मको लागि आवेदन माग गरेको छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।
सदा झै मेराे शेयरका प्रयाेगकर्ताहरूले घरमै बसेर शेयर आवेदन दिन सक्नेछन भने सि आश्वा प्राप्त सबै वित्तिय संस्थाहरूका शाखाहरूबाट पनि सहजताकासाथ आवेदन दिन सकिने छ ।
