के हो मार्जिन ट्रेडिङ (Margin Trading) ? नेपालमा भर्खर लागु भएको मार्जिन ट्रेडिङको बारेमा बुझ्नुहोस।-भाग १

मार्जिन ट्रेडिङ(Margin Trading) भनेको शेयर दलाल (ब्रोकर) संग ऋण लिएर शेयर किनबेच गर्ने प्रक्रिया हो । शेयर दलाल संग लिएको ऋणको लागी धितो किनेको शेयर नै हुन्छ। मार्जिन ट्रेडिङले तपाईलाई आफुले सामान्यतया किन्न सक्ने शेयर भन्दा धेरै शेयर किन्ने मौका दिन्छ । त्यसैले मार्जिन कारोबारको प्रयोगले तपाइको नाफालाई बढाउन मध्दत गर्छ। तर, मार्जिन कारोबारले तपाइको लगानिमा जोखिम पनि उत्तिकै बढाउछ।

मार्जिनमा शेयर किन्नको लागी तपाइलाई आफ्नो ब्रोकरकोमा मार्जिन खाता हुन जरुरी हुन्छ । त्यो खातामा सुरुमा लगानीकर्ताले केहि रकम मार्जिनका रुपमा राख्नुपर्छ। यो रकमलाइ न्युनतम मार्जिन (Minimum Margin) भनिन्छ। मार्जिन खाता खोलिसकेपछि तपाइले शेयर दलाल संग ऋण लिएर शेयर किनबेच गर्न सक्नुहुन्छ। किनेको शेयर बेचेपछि पहिला शेयर दलालको ऋण र लागत काटेपछी तपाईले नाफा लिन सक्नुहुनेछ।

मार्जिनमा ऋण लिएपछि शेयर ब्रोकरलाई व्याज तिर्नुपर्ने हुन्छ। जति धेरै ऋण लिनुहुन्छ त्यति धेरै व्याज तिर्नुपर्छ। त्यसैले मार्जिनमा शेयर किन्नु छोटो समयको लागि उपर्यक्त हुन्छ। ऋण लिएर जति धेरै समय सम्म शेयर राख्नुहुन्छ, व्याज तिर्न त्यति नै धेरै नाफा कमाउन जरुरि हुन्छ।

मार्जिनमा कारोबार गर्दा २ वटा महत्वपुर्ण कुरा जान्नु पर्दछ। एउटा हो Maintenance Margin  जुन लगानिकर्ताले मार्जिन खातामा जम्मा गरेको न्युनतम रकम हो। यसमा शेयर लगानिको निश्चित प्रतिसत रकम जम्मा हुनुपर्छ। यो रकम कहिल्यै कम हुनु हुदैन।  किनेको मुल्य भन्दा शेयर भाउ तल झर्दै गयो र Maintenance margin कम भयो भने ब्रोकरले Margin Call गर्छ। यो दोस्रो महत्वपुर्ण कुरा हो। मार्जिन कल भनेको मार्जिनमा लगानी गरेका लगानीकर्तालाई ब्रोकरले मार्जिन खातामा थप पैसा जम्मा गर्न भनि दिने नोटिस हो।

शेयर बजारका सबै कम्पनिको शेयर कारोबार गर्नको लागि मार्जिनको सुबिधा हुदैन। नेपालको सन्दर्भमा धितोपत्र बोर्डले हालका लागि ३१ कम्पनिको शेयरमा मार्जिनको सुबिधा लिन मिल्ने व्यवस्था गरेको छ।

मार्जिन कारोबारका लागि योग्य धितोपत्रहरु:

मार्जिन ट्रेडिङ सम्बन्धी अन्य भागको लागि कृपया investopaper.com हेर्दै गर्नुहोला।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

One thought on “के हो मार्जिन ट्रेडिङ (Margin Trading) ? नेपालमा भर्खर लागु भएको मार्जिन ट्रेडिङको बारेमा बुझ्नुहोस।-भाग १

Leave a Reply

Your email address will not be published. Required fields are marked *