‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानका नयाँ सर्वोच्च नेताको उद्घोष
इन्भेष्टाेपेपर । फागुन २९, २०८२
इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनेई ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने पक्षमा भएको सार्वजनिक भएको छ।
इरानको सरकारी टेलिभिजनले मुज्तबा खामेनेईको नाममा जारी भएको विज्ञप्ति पहिलो पटक वाचन गर्दै युद्ध जारी रहे पानीजहाजहरूले प्रयोग गर्ने उक्त जलमार्गमा बाधा पुर्याइराख्ने जनाएको हो।
बीबीसीले जनाए अनुिसार इरानले उक्त साँघुरो जलमार्ग प्रयोग गर्ने मालवाहक पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको छ।
दुई साताअघि अमेरिका र इजरेलले गरेको आक्रमणमा परेर उनका पिता तथा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। उनको उत्तराधिकारीका रूपमा मुज्तबा इरानको सर्वोच नेता नियुक्त भएका हुन्। तर उनी कहाँ र कस्तो अवस्थामा छन् भने स्पष्ट नभएकाे बीबीसीले जनाएको छ ।
