अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेसँगै दक्षिण कोरियालीहरूको उमेर १ देखि २ वर्ष घट्यो

इन्भेष्टाेपेपर ।  फागुन २९, २०८२

काठमाण्डाैँ । उमेर गणनाको अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेसँगै दक्षिण कोरियालीहरूको उमेर एकदेखि दुई वर्षसम्म घटेको छ ।

दक्षिण कोरियाले उमेर गणनाको परम्परागत विधिलाई त्यागेर आज बुधवारदेखि अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको हो । परम्परागत विधिअनुसार दक्षिण कोरियामा आमाको गर्भमा रहेको समयदेखि उमेर गणना गरिन्थ्यो । जन्मनासाथ एक वर्षको हुने शिशु नयाँ वर्षपछि दुई वर्षको हुन्थ्यो । जसअनुसार डिसेम्बरमा जन्मिएको शिशु त्यसपछि जनवरी लाग्नसाथ दुई वर्षको हुन्थ्यो ।

अब अन्तर्राष्ट्रिय मापदण्ड लागू भएसँगै दक्षिण कोरियालीहरूको उमेर कम्तीमा एक वर्ष र बढीमा दुई वष कम भएको बीबीसीले जनाएको छ । गएको वर्ष राष्ट्रपतिमा नियुक्त भएसँगै युन सुक योलले उमेर गणनाको नियम परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उमेर गणना गर्ने यो परम्परागत विधि उत्तर कोरियाले सन् १९८० को दशकमा र जापानले १९५० मै हटाएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *