के नितम्ब ठूलो हुनु फाईदाजनक हुन्छ ? अनुसन्धानले के भन्छ ?

इन्भेष्टाेपेपर ।  कार्तिक ११, २०७९

एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ । सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ ।

उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ । यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन । यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ ।

मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको शरिरको आकार स्याउको तुलनामा नास्पातीको जस्तो हुन्छ । नितम्ब र जाँघ बोसो खपतका लागि सुरक्षित स्थान हो ।

पेटको बोसोको तुलनामा जाँघ र नितम्बको बोसो ठिक मानिन्छ । उक्त शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ ।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *