‘अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु नैतिक दायित्व’ – जी–७

इन्भेष्टोपेपर । भाद्र १०, २०७

ब्रसेल्स । अफगानिस्तानका नागरिकलाई सहयोग गर्नु आफूहरुको नैतिक कर्तव्य भएको (जी–७) का नेताको भनाइ रहेको छ । युरोपेली आयोगका अध्यक्ष अर्सुला भोन डेर लियानले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, यतिबेला अफगानिस्तान निकै अप्ठेरो अवस्थामा छ, त्यहाँका नागरिक समस्यामा परिरहेका छन् त्यसैले यस्तो बेलामा उनीहरुलाई सहयोग गर्नु हाम्रो नैतिक दायित्व हो ।

उहाँकाअनुसार यसका लागि युरोपियन युनियनआबद्ध सबै राष्ट्र एकताबद्ध भएका छन् । उनीहरुले यस्तो अवस्थाको अफगानिस्तानलाई हामीले सहयोग गर्नुपर्छ भन्ने छ । उहाँले भन्नुभयो, यो विश्वकै चासोको तथा दायित्वको कुरा हो र हामी युरोपेली युनियनमा आबद्ध देश पनि यसमा प्रतिबद्ध छौँ ।

उहाँले युरोपियन युनियनले अफगानिस्तानका लागि मानवीय सहायतालगायतको सहयोगको प्रस्ताव पनि गर्नेछ । यसका लागि युनियनले बजेट छुट्याउने पनि उहाँले जानकारी दिनुभयो ।

हाल अफगानिस्तानलाई त्यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जामा लिएका छन् । जसका कारण त्यहाँबाट पश्चिमा राष्ट्रका कर्मचारी, सेना तथा सहायताकर्मी सङ्घसंस्था पनि बाहिरिएका छन् । (रासस / एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *