बर्ष २०७६ काे जगदम्बा श्री तथा मदन पुरस्कारकाे घाेषणा
इन्भेष्टोपेपर । असाैज ०५, २०७७
२०७७ असाैज ४ गते बसेकाे मदन पुरस्कार गुठीको साधारण सभाले वर्ष २०७६ को जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई अर्पण गर्ने घाेषणा गरेकाे छ । विगत ६ दशकदेखि नेपाली गीत–सङ्गीतमा याेगदान पुर्याएकाे भन्दै ठटाललाई जगदम्बा श्री पुरस्कार दिइने निर्णय भएकाे हाे ।
यसैगरि साेही सभा द्वारा २०७६ सालमा प्रकाशित पुस्तकहरू मध्येबाट महारानी उपन्यासलाई मदन पुरस्कार दिने निर्णय भएको छ । मदन पुरस्कारकाे लागि छनाैट भएकाे महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँ हुनुहुन्छ । यस वर्ष प्रकाशित १५१ वटा कृतिहरूबाट छानिएर महारानी उपन्यासले मदन पुरस्कार पाउन सफल भएकाे हाे ।
गत वर्षदेखि मदन पुरस्कार तथा जगदम्बा श्री पुरस्कारको राशी चार–चार लाख रुपैयाँ बनाइएकाे हाे । यसअघि दुवै पुरस्कारको राशि दुई–दुई लाख रूपैयाँ रहेको थियो । उक्त पुरस्कार वितरणकाे कार्यक्रम काेभिड – १९ का कारण पछि प्रकाशित गरिने गुठीले जनाएकाे छ ।

