मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंह नियुक्त

न्भेष्टाेपेपर । जेठ २५, २०८१

जनकपुर ।  मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त हुनुभएको छ । शुक्रबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नयाँ सरकार गठनका लागि ६ दलिय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका थिए । प्रदेश सभामा रहेका १०७ सदस्य मध्ये ५५ सांसदको हस्ताक्षरसहित दावी पेश गरिएकाे थियाे । गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी रहेका छन ।

मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय छ । मन्त्रालयको संख्या नबढाउनेगरी दलहरुले मन्त्रालय बाँडफाँड गर्ने सहमति समेत गरेका छन् । मुख्यमन्त्री पाएको जनमत पार्टीले वन तथा वातावरण मन्त्रालय पनि पाएको छ ।

सहमति अनुसार एमालेले भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसंख्या र उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय पाएको छ । यस्तै माओवादी केन्द्रले अर्थ मन्त्रालय र उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय पाएको छ ।

नेकपा एसलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गृह संचार तथा कानून मन्त्रालय दिइएको छ । एक/एक सांसद रहेको दुई दल नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात तथा नेपाल संघीय समाजवादी पार्टीले गृह संचार तथा कानून मन्त्रालय पाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *