ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

न्भेष्टाेपेपर । जेठ ४ २०८०

काठमाण्डाैँ । ज्योति क्यापिटल लिमिटेडको जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आउनुभएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका श्री कपिल ढकाल २०८०/०२/०३ देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन हुनुभएको छ ।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म रु.१ करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । साथै, यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *