आज बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट

न्भेष्टाेपेपर ।  पुष १४, २०७९

काठमाण्डाैँ । नेपाली बजारमा आज बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिनकाे तुलनामा सुनको भाउ बिहीवार ३०० रूपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. १ लाख ९ हजार ७ सयमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. १ लाख १० हजारमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने स्थिर रहेकाे छ । बुधवार प्रतितोला १ हजार ३७० मा कारोबार भएको चाँदी विहिवार पनि १ हजार ३७० मा खरीदविक्री भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *