काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कांग्रेस कार्यकर्ता भेला सम्पन्न
इन्भेष्टाेपेपर । भाद्र २२, २०७९
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ९ (क) प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । मंगलबार जनताको साथमा कांग्रेस अभियान अन्तर्गत प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो ।
भेला कार्यक्रममा नेपाली कांग्रेसका नेता ध्यानगोविन्द रञ्जितले कांग्रेसलाई जिताउन टोलदेखि केन्द्रसम्म सबै एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन् । यसका निम्ति कांग्रेसले गरेका हरेक कार्यलाई जनतासंग अन्तरक्रियात्मक कार्यक्रम गरी आगडि बढ्नु पर्नेमा उनले जोड दिए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्थविद् डा.गोविन्द पोखरेलले विपिको समाजवाद नीतिलाई आत्मासाथ गरेर अगाडि बढ्न आग्रह गरेका छन् । उनले कांग्रेसले धेरै विकासका कार्यक्रमहरुलाई धेरै गरेको उल्लेख गर्दै त्यसलाई जनता सामु प्रस्फुटन गर्न नसक्नु पार्टीको कमजोरी रहेको औंल्याए ।
त्यस्तै कार्यक्रमका काठमाडौं क्षेत्र नं ९ (क) का सभापति मोहन कुमार बस्नेतले जनताको साथमा कांग्रेस अभियानलाई सफल बनाउन सबै तह र तप्काका व्यक्तिहरुको आवश्यकता रहेको बताए ।
भेलामा उनले चुनाव केन्द्रित गरेर टोल तथा इकाईदेखि सबै निकायहरुमा कांग्रेसको एजेण्डामा गहन रुपमा जनतास“ग छलफलमा लैजानु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमा पुर्वराज्यमन्त्री तिर्थमान डंगोल, महानगर सभापति निलकाजी श्रेष्ठ, क्षेत्र नं ९(क) का क्षेत्रीय सभापति जयकृष्ण महर्जन लगायतले आ आफ्नाे धारणा व्यक्त गरेका थिए ।
