बुद्धीमान प्राणी ह्वेलः आश्चर्य ! अझ मान्छे जस्तै बोल्छ ह्वेल

Investopaper, श्रावण १९, २०७६

ह्वेल माछाको एक प्रजाति हो । संसारकै सवैभन्दा ठूलो जीव पनि ह्वेल माछा हो । तर, ह्वेल माछा मात्र नभएर मानिससँग पनि नजिक छ । ह्वेल आफैमा स्तनधारी प्राणी भएकाले पोथी ह्वेलले बच्चा जन्माउँछ र बच्चालाई दूध चुसाएर हुर्काउँछ । मानिस पनि स्तनधारी प्राणी हो । मानिस र ह्वेलका बीचमा रहेका धेरै भिन्नतामध्ये ह्वेल पानीमा बस्नु र मानिस जमिनमा बस्नु पनि एक हो ।

तर, पनि यिनै भिन्नता र समानतालाई लिएर वैज्ञानिकले मानिस र ह्वेलमा अरू पनि केही समनाता छन् कि भनेर खोज्न थालेका छन् । पछिल्लो खोजअनुसार ह्वेल पनि मानिसजस्तै आवाज निकाल्ने सक्ने रहेछ भन्ने एक प्रयोगले देखाएको छ । ह्वेल पनि बोल्‍न सक्छ भन्दा पत्‍यार नलाग्ला तर फ्रान्समा ह्वेलको एउटा प्रजाति ‘किलर ह्वेल’ ले मानिसले सिकाएका शब्द उच्चारण गर्ने गरेको छ ।

यो निकै चासो लाग्ने कुरा हो । केही विशिष्ट शब्द यसले उच्चारण गरे पनि अचम्म लाग्ने कुरा त के हो भने मानिसले भनेका शब्द त्यो प्रजातिको ह्वेलले कति धैर्यका साथ सुनेको र उच्चारण गर्न प्रयास गरेको होला ? यो ह्वेलले मानिसले जस्तै ‘हल्लो’, ‘बाइबाइ’ आदि सजिलैसँग उच्चारण गर्न सक्छ ।

यी शब्दहरूको उच्चारण गर्दा यो ह्वेलले आफ्नो मुख पानीमाथि ल्याउँछ । आफ्नो पुरै शरीर पानीमाथि उचाल्दै निकै उत्साहका साथ शब्दोच्चारण गरी पानीमा डुबुल्की मार्छ । यस अतिरिक्त ह्वेलले भिन्न खालको आवाज पनि निकालेर उपस्थित मानिसलाई आश्चर्यमा पार्ने गरेको छ । स्तनधारी प्राणीहरूमा मानिस सबैभन्दा श्रेष्ठ हो तर ह्वेल पनि स्तनधारी प्राणीको सूचीमा पर्दछ ।

ह्वेलले सामुद्री स्तनधारी प्राणीमा सैबभन्दा उत्तम साबित गरेको छ । तर, वैज्ञानिकहरू यही ह्वेलले मात्र बोल्न सिकेको हो कि अरूले पनि बोल्न सक्छन् भन्नेबारेमा आशंका व्यक्त गरिरहेका छन् । तथापि, ह्वेल आफैमा स्तनधारी प्राणी भएकाले अरू सामुद्रिक जीवहरूभन्दा अब्बल रहने दाबी भने गरेका छन् । मानिसले बोलेको सुनेका आधारमा हल्‍लो, एमी, वान, टु, थ्रीजस्ता उच्चारणमा विविधता आउने शब्दहरू पनि मजासँग बोल्‍ने गरेको पाइएको छ ।

यसरी मान्छे जस्तै गरेर बाेल्ने अनुसन्धानमा ल्याइएको यो पोथी ह्वेल हो । अनुसन्धानबाट खुलेअनुसार मानिसको बोलीको नक्कल गर्न याे पोथी ह्वेल निकै खप्पिस छ ।

— एजेन्सी

भिडियाे हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस

Read also :- Peculiar and interesting facts – click here .


Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *