नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल

न्भेष्टाेपेपर । असाेज १, २०८०

काठमाण्डाैँ । भदौ ३१ गतेका दिन बसेको सञ्चालक समितिको ५५ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोख्रेललाई नियुक्त गरेको छ ।

बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा १० बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुनुहुन्छ ।

नेपाल एसबिआई बैंकको सहायक कम्पनीका रूपमा रहेको यस मर्चेण्टको चुक्ता पूँजी रु २० करोड रहेको छ । मर्चेण्टले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *