चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग

न्भेष्टाेपेपर ।  भदाै  १, २०८२

काठमाण्डौ । जस्मिन पेन्ट्सले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स संग” ग्राहक उपहार योजना-२०८२ संचालनमा ल्याएको छ ।

आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गते सम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो । 

यस योजनामा सहभागी हुन ग्राहकहरूले नजिकैको डिलरहरूबाट कम्तीमा ७५ हजार रुपैयाँ  बराबरको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन। विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस  उपहार योजना मार्फत एक हजार बयासी जना ग्राहकहरूले विभिन्न उपहारहरु प्राप्त गर्न सक्नेछन् । 

जस अन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन  र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् । यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास कम्पनीको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट समेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा “नेपाली मनको रङ” भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्‍याइरहेको छ। अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङहरु उत्पादन गर्दै आईरहेको यस कम्पनि घर रङरोगनको लागि नेपालि पेन्ट्सहरु मध्ये ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *