आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाकाे म्याद थप
इन्भेष्टाेपेपर । असार २१, २०७९
काठमाण्डाैँ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाकाे म्याद थप गरेकाे छ ।
नयाँ वर्ष २०७९ को अवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको थियो । अतः सो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ ।
क्यापिटलले ग्राहकवर्गहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।
