पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य फेरि बढ्यो

इन्भेष्टाेपेपर ।  असार २१, २०७९

काठमाडौं ।  नेपाल आयल निगमले फेरि इन्धनको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टीतेलमा ९–९ रुपैयाँ बढाएको हो। 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँले बढेको छ। बढेको मूल्य अनुसार पेट्रोल अब लिटरको १८१ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेल १७२ रुपैयाँ पुगेको छ। 

हवाई इन्धन आन्तरिकतर्फ १९० रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *