क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न
इन्भेष्टोपेपर । मंसिर ३, २०७८
काठमाण्डाैं । आइएमई जनरल इन्स्याेरेन्सले दुई जिल्लाका सहभागीहरूलाइ बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपंक्षी बीमा क्षति मुल्याङ्कनकर्ताको तालीम सम्पन्न गरेकाे छ ।
कृषि तथा पशुपन्क्षी बीमाको लागि यस कम्पनीको लागि तोकिएका जिल्लाहरु सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाका सहभागिहरुलाई एकै स्थानमा समावेश गरि मिति २०७८ कार्तिक २८ देखि ३० गतेसम्म सोलुखुम्बु जिल्लाको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा बीमा समितिको प्रतिनिधिको रोहवरमा तालिम सम्पन्न भएकाे हाे।
उक्त तालिममा १५ जनाको सहभागिता रहेको थियो । क्षति मुल्याङ्कनकर्ताको तालिम पश्चात कृषि तथा पशुपन्छी बीमाको क्षतिको लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा क्षति मुल्याङ्कनकर्ताले मुल्याङ्कन गरी दावी भुक्तानी गर्ने व्यवस्थाबाट कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा सुधार भई कम्पनीले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्न सहज हुने अपेक्षा कम्पनीले लिएको छ ।
