दैनिक सुन र चाँदीकाे मूल्यले बनाउँदै नयाँ रेकर्ड, आजकाे भाउ कति ?

न्भेष्टाेपेपर । कात्तिक ७, २०८१

कात्तिक । आज बुधवार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । सुनको मूल्य दैनिक बढेर आकाशिएको हो ।

पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै आएको छ । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको याे मूल्य हालसम्मकै उच्च हो । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ  । यस दिन चाँदी प्रतितोला ३५ रुपैयाँले बढे र रेकर्ड बनाएको हाे । बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भएको थियाे । उक्त मूल्यलाई ब्रेक गर्दै निरन्तर चौथो दिन चाँदीको मूल्यले पनि नयाँ उचाई बनाएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *