आज दिउँसो ३ बजे सरकारको उपलब्धि सार्वजनिक हुने

न्भेष्टाेपेपर । कात्तिक ७, २०८१

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो । 

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउनुहुने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो । 

नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको छ । अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *