न्यायाधीश समाजको अध्यक्षमा मल्ल निर्वाचित

न्भेष्टाेपेपर । असाेज ३०, २०८०

काठमाडौँ ।   न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन्। 

मंगलबार काठमाडौंमा भएको भेलाले उनलाई अध्यक्ष निर्वाचित गरेको हो। न्यायाधीश समाजको अध्यक्षमा सामान्यतस् वरिष्ठतम् न्यायाधीशलाई बनाउने चलन छ। यसअघि ईश्वर खतिवडा अध्यक्ष थिए।

उनी दोस्रो पटक अध्यक्ष हुनुपर्ने भएपछि प्रधानलाई अध्यक्ष बनाइएको हो। प्रधान प्रधानन्यायाधीशको रोलक्रममै रहेकी न्यायाधीश हुन्। उनीभन्दा अघि आनन्दमोहन भट्टराई र प्रकाश राउत छन्। मल्ल अहिले छैटौं वरीयतामा छिन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *