साविक विजेता म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लियो

Investopaper

२४ माघ, काठमाडौं । साविक विजेता म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा एभर्टनलाई २-० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिन सफल भएको हो । म्यान्चेस्टर सिटीलाई जित दिलाउनका लागि एमेरिक लापोर्टे र गाब्रियल जेसुसले गोल गरे ।

पहिलो हाफको अतिरिक्त समयमा लापोर्टेले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा अग्रता लिएको सिटीले दोस्रो हाफको अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो । खेलको अतिरिक्त समयमा जेसुसले गोल गरेपछि सिटीले एभर्टनलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको सिटीको २६ खेलबाट ६२ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान ६२ अंक नै छ । तर गोलअन्तरमा पछि पर्दै लिभरपुल लिगको दोस्रो स्थानमा पुगेको हो ।

पराजित एभर्टन भने २६ खेलबाट ३३ अंक बनाउँदै लिगको नवौं स्थानमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *