‘नेपालको निर्यात व्यापार बढाउन सक्दो पहल गर्छु’- राजदुत निलाम्बर आचार्य
माघ २४, काठमाण्डाैः
भारतका लागि नवनियुक्त राजदुत निलाम्बर आचार्यले नेपालको निर्यात व्यापार बढाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता गर्ने बताएका छन् । उनले मुलुकको समृद्धिका लागि निर्यात व्यापार आवश्यक रहेकाले भारतमा रहँदा साे विषयलाई प्राथमिकताका दिने बताएका हुन् ।
बिहीबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको नवनियुक्त राजदुतहरुको सम्मान कार्यक्रममा बोल्दै उनले आर्थिक कूटनीतिका लागि आवश्यक सुझाव दिन व्यवसायीहरुलाई आग्रह गरे । आर्थिक कूटनीतिको माध्यामबाट मुलुकमा लगानी भित्रयाउन आवश्यक पहल गर्ने योजना बताएका थिए । उनले कृषि, पर्यटन, जडिबुटी र जलविद्युत क्षेत्रमा भारतीय लगानी बढाउन पहल गर्ने बताए ।
राजदुत आचार्यले नेपालमा लगानी बढाउन व्यवसायीले ठोस योजना बनाउनु पर्ने औंल्याएका थिए । कार्यक्रममा विभिन्न मुलुकमा लागि नियुक्त भएका राजदुतको सम्मान गरिएको थियो । अाजकाे नयां पत्रिकाबाट ।