पूंजी पुर्याउदै एभरेष्ट इन्स्योरेन्स, ३०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति
Investopaper, चैत्र २९, २०७५
काठमाडौं, चैत २९ । एभरेष्ट इन्स्योरेन्सको तीन सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्नलाई धितोपत्र बोर्डको स्वीकृति दिएको छ । अब इन्स्योरेन्सले हाल कायम शेयर संख्याकाे १ कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद शेयर जारी गर्ने छ ।
सर्वसाधारण र संस्थापकको अनुपात मिलाउन यस अघि १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको एभरेष्टले अब ३०० प्रतिशत हकप्रद बेच्नेछ । यो सँगै एभरेष्टको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार हुनेछ ।
अहिले २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको एभरेष्टले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद बिक्री पश्चात एभरेष्टको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ ।
एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको सबै काम सिद्धार्थ क्यापिटलले गरिरहेको छ ।