बिजबजार भव्य उत्सव योजनाका मेगा बम्पर विजेताहरू घोषणा

इन्भेष्टाेपेपर ।  कार्तिक १७, २०७९

काठमाण्डौ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने दीर्घकालीन लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठकाे अवसरमा उपहार याेजना ल्याएकाे थियाे ।

जस अन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो।

बिजबजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको छ। जस अन्तर्गत पहिलो बम्पर उपहार MI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR  अविशा शर्माले प्राप्त गरेकी छन् । यसैगरि दोस्रो बम्पर उपहार REALME 9 PRO + 5G छन् को विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L सबिन श्रेष्ठले हात पारेका छन्।

कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने २० मा BIZ नामक Campaign अन्तर्गतको कार्तिक  महिनाको Campaign को तयारी पनि पुरा हुन लागेको जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *