रोशन कुमार न्यौपाने एनआईसी एशिया बैंकको सीईओमा पुन: नियुक्त

इन्भेष्टाेपेपर ।  कार्तिक १७, २०७९

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत न्यौपानेलाई बैंकको सञ्चालक समितिले मंसिर १५ गतेदेखि लागू हुनेगरी थप ४ वर्षको अवधिको लागि पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।

सन् २००८ अप्रिलदेखि तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनले मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए ।

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका हुन् ।

उनले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *