आइएमई र अस्ट्र टेकबीच रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

न्भेष्टाेपेपर । कात्तिक १, २०८०

काठमाडौँ । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई  र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेक द्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । 

सम्झौता अनुसार युएईको केन्द्रीय बैङ्कबाट  इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप  मार्फत आइएमईको डिजिटल वालेट आइएमई  पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् ।

यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा  प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गर्नु भयो । 

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले “आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै  वित्तीय सेवालाई  सबैका लागि थप पहुँचयोग्य बनाउन  महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत  आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत  मिशेलले उल्लेख गरेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *