एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान

न्भेष्टाेपेपर । कात्तिक २, २०८०

काठमाण्डाैँ । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि आज बिहीबार मतदान हुँदैछ। मतदान बिहान १० बजे शुरु हुन लागेको हो।

अध्यक्ष पदमा तीन जनासहित अन्य ७४ पदका लागि ५०० भन्दा बढी चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्षका लागि वर्तमान अध्यक्ष बद्री केसी उपाध्यक्षद्वय आरके शर्मा र महेश श्रेष्ठबीच प्रतिस्पर्धा छ। आफ्नो पक्षमा मततान्न उम्मेदवारले मतदाता लोभ्याउने एजेण्डा ल्याएका छन्। 

केही मतदाता पनि नयाँ नेतृत्व चुन्न काठमाडौं आइपुगेका छन्। नेपाल आउन नसकेका मतदाताहरुले भने जुनसुकै स्थानबाट आज नयाँ पदाधिकारी चयनका लागि अनलाइन प्रणालीबाट मतदान गर्न सक्नेछन् । त्यसका लागि गएराति १२ बजेदेखि नै भोटिङ खुला गरिएको निर्वाचन समितिले जनाएको छ । 

यसअघि अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराए पनि रविना थापाले अध्यक्ष पदका अर्का उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *