नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धाको आयोजना

न्भेष्टाेपेपर । कात्तिक १, २०८०

काठमाण्डौ । नेपालकै अग्रणी एवं विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ ।

तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३  प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस  हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यहि मिति २०८० कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नुहुनेछ ।

दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गर्नु भएको छ ।  कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्नेकुरा बताउनु भएको छ । 

(जिंगल लिङ्क): https://vt.tiktok.com/ZSN6GFKjC/)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *