ड्रिम इन्टरनेसनलले जारी गर्ने आइपिओकाे बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

न्भेष्टाेपेपर । वैशाख ७, २०८१

काठमाण्डाैँ । ड्रिम इन्टरनेसनल होटेलले साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्काशनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको होटेलले जनाएको छ। 

ड्रिम इन्टरनेसनल होटेलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुपअन्तर्गतको ड्रिम इन्टरनेसनल होटेलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्काशन प्रक्रिया अघि बढाएको होटेलका अध्यक्ष गोपाल रानाले बताए।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय सहर बुटवलमा रहेको ड्रिम इन्टरनेसनल होटेलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरूमा होटेल स्थापना गर्ने योजना बनाएको जनाएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *