मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रमलाई सहयाेग
इन्भेष्टोपेपर । चैत्र १५ २०७८
काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत राप्ती गा.पा. – ०८, पिपरी, दाङ्गस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवाआश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथाअन्य सामग्रीहरुकालागि सहयोग गरेको छ।
बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीचउक्त सामग्रीहरु हस्तान्तरणगरेको छ ।उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमकातर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३)आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
