आज देखि नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार शुरू

इन्भेष्टाेपेपर ।  असार २७, २०७९

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आज देखि हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरेसँगै असार २७ (आज) देखि  एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको हो । 

एकीकृत वित्तीय कारोबार सञ्चालन गर्नका लागि बैंकले एक सूचना जारी गर्दै गत शुक्रबार देखि नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द गरेको थियो । नबिलले एनबी बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लगाइएको थियो । 

याे संगै नेपालमा क वर्गका बैंकहरूकाे संख्या पनि कम भएकाे छ भने नेपाल बंगलादेश बैंककाे नाम विलुप्त भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *