राष्ट्रिय आइसक्रिम दिवस : पार्की आइसक्रिम निःशुल्क वितरण

इन्भेष्टाेपेपर । फागुन २०, २०८०

काठमाडौं । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ ले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपा लगायतका स्थानबाट एक लाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो । 

नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई औपचारिक रुपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’ नारा तय गरेको छ । यही नारालाई आत्मसात गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउन गइरहेका छन् । 

यसैक्रममा आइसक्रिम दिवसकै अवसर पारेर पार्की आइसक्रिमले पनि आइसक्रिम पारखीका लागि खुशी बाँडेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । ‘आज हामी आइसक्रिम व्यवसायीहरुको महत्वपूर्ण पर्व हो ।’ प्रबन्धक निर्देशक कुमावतले भने– ‘यो पर्व र खुशीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन हामीले निःशुल्क आइसक्रिम वितरण गरेका हौं ।’ 

आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभव पछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गरिदै आएको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । काठमाडौं उपत्यकामा लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई ८०० बढी स्थानबाट विक्री वितरण गरिदै आएको छ ।

कम्पनीले मूख्यतयाः खाद्यन्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पुरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको छ । उद्योगले आगामी दिनमा दालमोठ, भुजिया लगायत अन्य खाद्य उत्पादनहरु पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिए । 

उद्योगले अहिले २० भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *