राष्ट्रियसभा : एमालेका प्रमुख सचेतकमा न्यौपाने

न्भेष्टाेपेपर । फागुन २०, २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गर्नुभएको हो ।   

एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागू हुनेगरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गर्नुभएको उहाँले राससलाई बताउनुभयो ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहनुभएका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुहुन्छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *