नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो पटक यूराेमनी पुरस्कारबाट सम्मानित

न्भेष्टाेपेपर । साउन १०, २०८०

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि यूरामनी पुरस्कारबाट सम्मानित भएको छ ।

युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो । यसअघि दुई पटक सन् २०१८ र २०२१ मा पनि बैंकले यस अवार्ड हासिल गरेको थियो ।

वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिएको हो ।

युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडलाई सम्मानित गर्नुको अर्को कारण उल्लेख गरेको छ ।

बैंकको चुक्ता पूँजी ३४.१२ अर्ब रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको शेयरधनी कोष ५९.९५ अर्ब नेपालको वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले २९६ शाखा, २८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ३० लाख भन्दा बढी ग्राहक महानभावहरूलाई सेवा दिइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *