ज्योति विकास बैंकले मनायाे १५औं वार्षिकोत्सव

न्भेष्टाेपेपर । साउन १०, २०८०

काठमाण्डाैँ । ज्योति विकास बैंकले श्रावण ९ गते मंगलबारको दिन स्थापनाको १५ औं वार्षिकोत्सव कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी मनाएको छ ।

बैंकका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्व रहेको कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्यहरु, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले स्वागत मन्तव्यका साथ कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बैंकले वार्षिकोत्सवको दिन नख्खुस्थित आफ्नो १२१ औं शाखाको पनि औपचारिक समुद्घाटन गरेको छ । अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत ताम्रपत्र अनावरण गरी शाखाको समुद्घाटन गर्नुभएको हो । सोही क्रममा उपस्थित सबैलाई नख्खु शाखाको डिजिटल माध्यमबाट भर्चुअल टुर गराइएको थियो ।

नख्खु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम पुगेको छ ।

कार्यक्रममा बैंकमा १० वर्ष तथा १५ वर्ष देखि अनवरत रूपमा कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पदक तथा कदर–पत्र प्रदान गरि सम्मानित गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पाल्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बैंकले केन्द्रको न्यानो नानी परियोजनामा गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्नुभयो र आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *