इनड्राइभ र सलिकाेबीच दुर्घटना बीमा सम्वन्धि सम्झाैता

न्भेष्टाेपेपर ।  फागुन ६, २०८१

काठमाण्डाैँ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभ र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिकाे)को बिच दुर्घटना बीमा सम्वन्धि सम्झाैता भएकाे छ । यस सम्झाैतापश्च्यात चालक र यात्रुहरूलाई अप्रत्याशित दुर्घटनाका घटनाहरूमा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित हुनेछ ।

उक्त सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीद्वारा हस्ताक्षर गरिएको छ ।

यस सम्झौता अनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा ८ लाख रूपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रूपैयाँ एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रूपैयाँ भुक्तानी गर्नेछ, भने नाबालिक यात्रुहरुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *