नेपाल लाइफले भव्यताका साथ मनायो २३ औँ वार्षिकोत्सव

न्भेष्टाेपेपर । वैशाख २५, २०८१

काठमाण्डाँ । नेपालकाे जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३ औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ ।

यस सुखद अवसरमा देशको १२ स्थानबाट रक्तदान कार्यक्रम, १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको दमकमा ३९, मधेश प्रदेशको बिरगंजमा ३२ र जनकपुरमा ३४, बागमती प्रदेशको नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८ र काठमाडौँमा ७०, गण्डकी प्रदेशको पोखरामा ४१, लुम्बिनी प्रदेशको बुटवलमा २५ र कोहलपुरमा ३८, सुदरुपश्चिमकोे महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।

यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, कर्णाली प्रदेशको सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धन कार्यक्रमलाई १०० वटा वृक्ष रोप्नका निम्ति रु ५ लाख को आर्थिक सहयोग तथा कम्पनीले आफ्ना १८५ वटै शाखामा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *