दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

न्भेष्टाेपेपर । वैशाख २५, २०८१

काठमाण्डाँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो ।

दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।

दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *